सुर्खेत जिल्लाको पूर्वि उत्तर क्षेत्रमा पर्ने सिम्ता गाउँपालिका साबिकको घोरेटा,काफलकोट,आग्रीगाउँ,बजेडिचौर,राकम,काप्रिचौर,डाँडाखाली र खानीखोला गरी आठ वटा गाउँ विकास समिति मिलेर बनेको गाउँपालिका हो। सिम्ता गाउँपालिकालाई नौ वटा वडामा बिभाजन गरिएको छ। पुरानो घोरेटा गाउँ विकास समितिका वडा नं १ देखि ९ लाई सिम्ता गाउँपालिकाको वडा नं १ कायम गरिएको छ। काफलकोट गाउँ विकास समितिका १ देखि ९ वडाहरुलाई सिम्ता गाउँपालिकाको वडा नं २ र आग्रीगाउँ गाउँ विकास समितिका वडा नं १ देखि ९ लाई सिम्ता गाउँपालिकाको वडा नं ३ कायम गरिएको छ। त्यसैगरी बजेडिचौर गाउँ विकास समितिका वडा नं ५ देखि ९ लाई सिम्ता गाउँपालिकाको वडा न
सिम्ता गाउँपालिका,हेफर प्रोजेक्ट र सुन्दर नेपाल संस्थाको साझेदारीमा संचालित " कृषि तथा पशु उद्यमशिलता साझेदारी परियोजना ,सिम्ता " को परियोजना समापन तथा सार्वजनिक लेखा परिक्षण कार्यक्रम सम्पन्न भएको छ।
सिम्ता गाउँपालिका सुर्खेतको सार्वजनिक सेवाको गुणस्तरीयताको लागि सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ।
जलवायु अनुकुलित कृषकमैत्री प्रविधि ,धान उत्पादनमा वृद्धि " भन्ने मुल नाराका साथ सिम्ता गाउँपालिका कृषि शाखाको आयोजनामा २० औ राष्ट्रिय धान दिवस मनाइएको छ।
सिम्ता गाउँपालिका सुर्खेतको गाउँसभा १३ औं अधिवेशन गाउँपालिका अध्यक्ष ऐन बहादुर चन्दको अध्यक्षतामा उद्घाटन भएको छ ।
सहिद ऋषि स्मृति चक्रपथ सिम्ता १ ,सुर्खेतको निर्माधिन कार्यको गाउँपालिका अध्यक्ष ऐन बहादुर चन्दले अनुगमन तथा सुपरिवेक्षण गरि समयमै काम सम्पन्न गर्न निर्देशन दिनु भएको छ।
सिम्ता गाउँपालिका सुर्खेतमा प्रावि तहका नवप्रवेशी शिक्षकहरुको सेवा प्रवेश तालिम सम्पन्न भएको छ।
श्री बागेश्वरी प्रावी सिम्ता ४ सुर्खेतमा नवनिर्मित भवनको सिम्ता गाउँपालिका अध्यक्ष ऐन बहादुर चन्द र उपाध्यक्ष गोमा शर्मा (रेग्मी ) ले अनुगमन गर्नु भएको छ।
सिम्ता गाउँपालिका वडा न ७ र ८ मा सम्पन्न विभिन्न योजनाहरुको स्थलगत अनुगमन गाउँपालिका उपाध्यक्ष गोमा शर्मा रेग्मी ,वडा न ७ का वडाध्यक्ष घन बहादुर केसि,वडा न ८ का वडाध्यक्ष चेत बहादुर रेग्मी लगायतले संयुक्त रुपमा अनुगमन तथा सुपरिवेक्षण गर्नु भएको छ।